ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० वटा घर जलेर क्षतिग्रस्त भएका छन्।

करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।

आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com