न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक पहिचानसँग जोडिएको कालो चस्माबारे विशेष सामग्री प्रकाशित गरेको छ।
सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको सामग्रीमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दासमेत प्रधानमन्त्री शाहले आफ्नो पहिचानजस्तै बनेको कालो चस्मा नफुकालेको उल्लेख गरिएको छ।
न्युयोर्क टाइम्सले र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेसम्म शाहको सार्वजनिक पहिरनमा कालो चस्मा निरन्तर देखिँदै आएको चर्चा गरेको छ।
सामग्रीमा शाहको कालो चस्मा उनको सार्वजनिक छविको एउटा विशिष्ट पहिचान बनेको उल्लेख गर्दै नेपालमा उनको शैली पछ्याएर त्यस्तै प्रकारका चस्माको बिक्रीसमेत हुन थालेको जनाइएको छ।
प्रधानमन्त्री शाहको कार्यालयले भने चिकित्सकको सल्लाहअनुसार आँखालाई कडा उज्यालोबाट जोगाउन उनले चस्मा लगाउने गरेको जनाएको छ। न्युयोर्क टाइम्सको सामग्रीमा प्रधानमन्त्री कार्यालयको यही भनाइलाई समेत समेटिएको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया