काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक असहमति र विरोध गर्ने प्रवृत्तिमा परिवर्तन नआएको बताएका छन्। उनका अनुसार पहिले विरोध गरे गोली चल्ने अवस्था थियो भने अहिले सामाजिक सञ्जालमार्फत विरोध दबाउने प्रयास हुने गरेको छ।
उनले राजनीतिक दल र नेताप्रति जनतामा बढेको वितृष्णा तथा निराशा घट्न नसकेको भन्दै आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए। लिङ्देनले मुलुक झनै जटिल राजनीतिक अवस्थातर्फ गइरहेको दाबी गरे।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार











प्रतिक्रिया