काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने युवाहरूलाई रोजगारी तथा काम गर्ने अवसर उपलब्ध गराउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले श्रम संस्कृतिको सरकार गठन भएपछि कुनै पनि युवा कामविहीन बस्नुपर्ने अवस्था नरहने दाबी गरेका हुन्।
‘श्रम संस्कृतिको सरकार आएको दिन युवाहरूलाई अवसर दिइनेछ, कामबिनाको युवा रहने छैनन्,’ उनले लेखेका छन्।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया