काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा दिने कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर गर्दै बन्द गर्ने तयारी गरेको छ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले यी संस्थाहरूले प्रचार केन्द्रका रूपमा काम गरिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा हेगसेथले अमेरिकाका विभिन्न विश्वविद्यालयमा फरक–फरक नाममा यस्ता दर्जनौँ केन्द्र स्थापना गरिएको बताएका छन्।
उनका अनुसार यी संस्थाहरूको उद्देश्य बौद्धिक सम्पत्ति चोरी गर्नु र अमेरिकी विद्यार्थीको विचारधारालाई प्रभावित पार्नु हो।
रक्षामन्त्री हेगसेथले अमेरिकी रक्षा मन्त्रालयले यस्ता केन्द्रहरूलाई व्यवस्थित रूपमा बन्द गर्ने दिशामा काम गरिरहेको बताएका छन्।
यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया