काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।
क्यानका अनुसार प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ। त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसअघि एनपीएलको दोस्रो संस्करणमा विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाएको थियो। त्यतिबेला उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
तेस्रो संस्करणमा विजेतासहित शीर्ष चार टोलीको पुरस्कार राशि बढाइएको छ। पुरस्कारमा गरिएको यो वृद्धिले प्रतियोगितालाई थप आकर्षक बनाउने क्यानको अपेक्षा छ।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया