काठमाडौं । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कात्तिक १० गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
ब्युरोका अनुसार अमेरिकाबाट कागजातको आवरणमा ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो। प्रहरीले उनीहरूबाट गाँजासहित दुई थान मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार











प्रतिक्रिया