काठमाडौं । पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका प्रधानसम्पादक बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

‘आज दिउँसो तपाईंको इसेवा स्क्याम भएको छ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन आयो,’ त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘उहाँ त्यहाँ जानु भयो तर अहिले साँझ त तपाईं आझ यहीँ बस्नुपर्ने भयो भनेर भनेको छ।’

प्रहरीले आज नेपाल प्रेसका पत्रकारका विश्वमणि सुवेदीलाई पनि नियन्त्रणका लिइसकेको छ। समाचारका विषयमा कुराकानी गर्नुपर्नेछ भन्दै सुवेदीलाई प्रहरीले लगेको नेपाल प्रेसले जानकारी दिएको छ।

त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै प्रहरीको टोली बसिरहेको छ। मोटिभेट न्युजका शोबराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै दियो पोस्ट अनलाइनको कार्यालयमा पनि त्यहाँका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्दै प्रहरी पुगेको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com