काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।

उक्त घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com