काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणमा जोडिएका सबै व्यक्ति तथा उच्चपदस्थ अधिकारीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ताे माग गरेकी हुन्।

उनले भनिन्,‘ इनम सापकोटा प्रकरणमा सतहमा आएका नामहरू र यससँग जोडिएका सबै हाई-प्रोफाइल व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान होस्। चाहे ती प्रधानमन्त्री बालेन्द्र शाह हुन्, प्रधानन्यायाधीश वा अन्य न्यायाधीशहरू, वा पुर्वप्रधानमन्त्री, पुर्वप्रधानन्यायधीश, पुर्वमन्त्रीहरू , प्रहरी महानिरीक्षक (आईजीपी) हुन् वा प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापा, कोही पनि अनुसन्धानको दायराभन्दा बाहिर हुनुहुँदैन।’

देशमा विधिको शासन कायम रहेको भए प्रकरणसँग सम्बन्धित सबै तथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। जनताले घटनाको वास्तविकता र यससँग जोडिएका सबै पक्षबारे जानकारी पाउनुपर्ने बमले बताइन्।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com