काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन समिति सभापतिहरूलाई निर्देशन दिएका छन् ।
बुधबार समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गर्दै सभामुख अर्यालले विधेयकमाथि गहन छलफल गरी आवश्यक प्रक्रिया छिटो पूरा गर्न आग्रह गरेका हुन् ।
उनले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र कानुनी प्रक्रियाको पालना गर्न तथा सम्बन्धित राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्न पनि सुझाव दिए ।
विधेयकमा औचित्यपूर्ण संशोधन प्रस्ताव राख्दै समितिको कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया