काठमाडौं । नेपाली कांग्रेसले पार्टीमाथि लागेको आर्थिक कारोबारसम्बन्धी आरोप निराधार र नियोजित भएको दाबी गरेको छ ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको अडियो प्रकरणलाई षड्यन्त्रपूर्ण प्रचारको संज्ञा दिँदै आरोपहरू कपोलकल्पित रहेको बताएका छन् ।
‘हामीमाथि लगाइएका आरोप, तथाकथित अडियो बयान र प्रचार निराधार, कपोलकल्पित र नियोजित छन्,’ उनले भने ।
शर्माले यस प्रकरणमा संलग्न व्यक्ति र षड्यन्त्रका पक्षहरू समयक्रममा सार्वजनिक हुँदै जाने दाबी गरे ।
उनले कांग्रेसमाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन गर्न माग गर्दै पार्टी अनुसन्धानको सामना गर्न तयार रहेको पनि स्पष्ट पारे ।
‘कांग्रेस प्रत्येक प्रश्नको सामना गर्न र छानबिन गर्न तयार छ । यी सबै विषयमा निष्पक्ष अनुसन्धान होस्,’ उनले भने ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया