काठमाडौं  । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मोही कायम भएको जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार भूमि प्रशासन कार्यालयबाटै घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित तिमलसिनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

आयोगका अनुसार उनीविरुद्ध घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com