काठमाडौं । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी टोलीले विशेष जाँचका क्रममा ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर नियन्त्रणमा लिएको हो।

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले सवारी जाँच तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।

काठमाडौं प्रहरीले यसअघि पनि चर्को आवाज निकाल्ने सवारीसाधनमाथि कारबाही गरेको थियो। मंगलबार ५२ र सोमबार २५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सुरु गरिएको अभियानलाई निरन्तरता दिइने प्रहरीले बताएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com