काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफ्नो पक्षले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

काँग्रेसको इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आधिकारिकता आफ्नो पक्षले पाउने अपेक्षा रहेको बताए।

देउवाले पञ्चायतकालमा र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा आफू थुनामा परेको स्मरण गरे। दुवैपटक अदालतको निर्णयबाट थुनामुक्त भएको उल्लेख गर्दै उनले अहिलेको विवादमा पनि सर्वोच्चबाट न्याय पाउने विश्वास रहेको बताए।

डडेलधुराको साधारण परिवारमा जन्मेर पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै देउवाले अब बाँकी जीवन देश, जनता र लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित गर्ने बताए। ‘अब दिनुपर्ने मात्रै छ,’ उनले भने।

उनले आगामी निर्वाचनमा बागलुङबाट काँग्रेसलाई ठूलो मतान्तरले जिताउन पनि आग्रह गरे।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com