काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेको सुन भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले प्रधानमन्त्री र गृहमन्त्रीले व्यक्तिगत रूपमा बाढीपीडितलाई सहयोग गरेको जानकारी नआएको टिप्पणी गरेका छन्।
उनले नेताहरूका लागि सुनको खासै ठूलो महत्त्व नहुने उल्लेख गर्दै सम्पत्ति विवरणमा देखाइएको सुन बाढीपीडितका लागि दिने घोषणा गर्नुपर्ने बताएका छन्।
साधारण नागरिकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेर विपद्पीडितलाई सहयोग गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीले पनि व्यक्तिगत रूपमा सहयोग गर्नुपर्ने धारणा राखेका छन्।
‘साधारण नागरिकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरे। तर यिनीहरूले कतै व्यक्तिगत सहयोग गरेको सुनिएन। यिनीहरूको यत्रो सुन के काममा प्रयोग हुन्छ?’ खनालले प्रश्न गरेका छन्।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया