काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने असमान सन्धि तथा सम्झौता खारेज गर्ने र विदेशी ऋण नलिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले यसअघि सरकारले लिएको विदेशी ऋणसमेत किस्ताबन्दीमा फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘श्रम संस्कृतिको सरकार आएको दिन हामी असमान सन्धि सम्झौता सबै खारेज गर्नेछौँ। विदेशी ऋण लिने छैनौँ। लिएको ऋणसमेत थोरै–थोरै गर्दै भए पनि फिर्ता गर्नेछौँ,’ उनले लेखेका छन्।
सरकारमा पुगेपछि सुख, सुविधा र भोगविलासमा केन्द्रित नहुने उल्लेख गर्दै उनले दुःख गरेर जनताको पक्षमा काम गर्ने बताएका छन्।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया