काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले इजरायलले अमेरिकालाई पुनः इरानसँग युद्धमा तान्न खोजिरहेको आरोप लगाएका छन्।
इरानले रासायनिक हतियार विकास गरिरहेको भन्ने इजरायलका रक्षामन्त्री इजरायल काट्जको आरोपको खण्डन गर्दै अराग्चीले त्यसलाई निराधार र क्षेत्रीय तनाव बढाउने प्रयास भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले इजरायलसँग सयौँ आणविक हतियार रहेको र उसले आणविक, रासायनिक तथा जैविक हतियार प्रतिबन्धसम्बन्धी सन्धिमा सहभागी हुन अस्वीकार गरेको आरोप लगाए।
उनले इरान आणविक अप्रसार सन्धि (एनपीटी) र रासायनिक हतियार प्रतिबन्धसम्बन्धी महासन्धिको सदस्य रहेको उल्लेख गर्दै विगतमा इरान आफैँ रासायनिक हतियारको सिकार बनेको दाबी गरे।
अराग्चीले इजरायलले इरानमाथि लगाएका आरोपको कुनै प्रमाण सार्वजनिक नगरेको भन्दै यस्ता अभिव्यक्तिको उद्देश्य अमेरिकालाई पुनः युद्धमा सहभागी गराउनु रहेको बताएका छन्।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया