काठमाडौं। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो।
त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
तस्बिर: प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This