काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारले खाना र खानेपानी बन्द भएपछि रित्तो थाल बजाएर विरोध प्रदर्शन गरेका छन्।
खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले शुक्रबारदेखि सेवा रोकेको हो। सरकारको दबाबमा खाना बन्द गरिएको उनीहरूको आरोप छ।
प्रशासनले मंसिर ११ गतेदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिए पनि वैकल्पिक आवासको व्यवस्था नभएसम्म स्थान नछाड्ने अडानसहित उनीहरूले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गरेका छन्। खाना र पानी रोकिँदा बालबालिकासहितका परिवार भोकै बस्न बाध्य भएका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया