काठमाडौं । चितवनमा आयोन वाई प्लस विद्युतीय सवारीसाधनमा लागेको आगो ब्याट्री वा विद्युतीय प्रणालीको खराबीका कारण नभएको जीएसी इन्टरनेसनलको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेको छ।
गत सेप्टेम्बर ११ मा भएको आगलागीबारे कम्पनीले गरेको अनुसन्धानमा ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको र सर्ट सर्किटको कुनै प्रमाण नभेटिएको जनाएको छ।
प्रतिवेदनअनुसार सवारीसाधनका विद्युतीय उपकरण तथा प्रणालीमा पनि उत्पादनसम्बन्धी खराबी देखिएको छैन। आगलागी बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको जनाएको छ।
नेपालमा जीएसीका सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले मंसिर ११ गते प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताप्रति प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया