काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवार खाना र खानेपानीबाट वञ्चित भएका छन्। उनीहरूलाई खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले शुक्रबारदेखि सेवा बन्द गरेको हो।

सरकारको दबाबमा संस्थाले खाना दिन छाडेको सुकुमवासीको आरोप छ। होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमासँगै खाना र पानीसमेत रोकिएपछि बालबालिकासहितका परिवार भोकै बस्न बाध्य भएका छन्।

आश्रित दलमर्दन कामीका अनुसार बालबालिकालाई विद्यालय जानसमेत रोकिएको छ। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म आफूहरू आश्रयस्थल नछाड्ने उनले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक आवासको टुंगो नलाग्दै खाना र पानीसमेत बन्द भएपछि त्यहाँ आश्रित परिवार थप समस्यामा परेका छन्।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This