काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारीले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पुर्‍याउने उल्लेख छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा लेखिएको छ, ‘हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिकस्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।’

कांग्रेसले जितेका स्थानीय तहमा ती सेवा पुर्‍याउने उसको घोषणापत्रमा लेखिएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com