काठमाडौं । किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललितानिवासपरिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको घटनामा संलग्नहरूलाई पक्राउ गरी यतिवेला प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ललितानिवासकै शैलीमा प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिले हत्याउने प्रयास भइरहेको खुलेको छ।

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास भएको हो । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा एक स्थानीयले आफ्नो दाबी गर्दै नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पनौतीकै पुष्करबहादुर बस्नेतले ३६ रोपनी दुई पैसा क्षेत्रफलको सो जग्गा हत्याउन मालपोत र नापी कार्यालयकै कागजपत्र किर्ते भइसकेको छ । उनले आफ्नो नाममा दर्ताको माग गरी हाल सर्वाेच्चमा समेत मुद्दा हालेका छन् । बस्नेत मालपोतकै पूर्वनायबसुब्बा हुन् ।

 

नाममा दर्ता भइसकेको छ । अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी ०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रस्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न मानेनन् । त्यसविरुद्ध बस्नेत यतिवेला सर्वाेच्च गएका छन् । सर्वाेच्चमा मुद्दा दायर गर्दा प्रहरीलाई प्रतिवादी बनाएपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको हो । अंशबन्डाको घुमाउरो तरिका प्रयोग गरी योजनाबद्ध रूपमा उनले सो जग्गा हात पार्ने योजना बनाएको प्रहरी अधिकारी बताउँछन् ।

सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण पेस गरेका छन् । तर, मालपोत कार्यालयका अनुसार सो तिरो अर्काे १२ रोपनीसँगैको जग्गाको हो । जसकारण उनले अदालतलाई समेत भ्रममा पार्न खोजेको प्रहरी अधिकारी बताउँछन् । नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर चाहार भन्ने उल्लेख छ । खर चाहार भन्नाले जंगल भएको जग्गा जनिन्छ । सो जग्गा ०५२ सालदेखि नै प्रहरीले रोक्का राख्दै आएको छ ।

आजको नयाँ पत्रीका दैनिकमा समाचार छ।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com