काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन्।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले बक्यौता तिर्ने प्रक्रिया जारी राख्दै लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल असुलीका लागि वैकल्पिक उपाय अपनाएका हुन्।

घिसिङले ३४ उद्योगको नामसहित उनीहरूले तिर्नुपर्ने बक्यौता रकम उल्लेख गरी नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न आग्रह गरेका छन्। साथै, ती उद्योगका लगानीकर्ताहरूले अन्य कम्पनीहरूमा सेयर जारी गर्न, हक हस्तान्तरण गर्न वा धितो बन्धक दिन नपाउने गरी रोक्का राख्न अनुरोध गर्दै कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि सहयोगका लागि पत्र पठाइएको छ।

पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर महसुल नतिरेका उद्योगहरूको विवरण र बक्यौता रकमसमेत समावेश गरिएको छ।

बैंक खाता रोक्का गर्ने निर्णयका सम्बन्धमा घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि जानकारी गराएका छन्।

 

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com