दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह अध्यक्ष पदबाट राजीनामा दिएको झन्डै डेढ महिना पछि पुनः काममा फर्किएका छन् ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएका थिए । वडाका लागि पर्याप्त बजेट विनियोजन नभएकाे भन्दै उनले पदबाट राजीनामा दिएका थिए । वडाध्यक्ष शाहले राजीनामा दिए पनि उनको राजीनामा भने स्वीकृत भएको थिएन।

advertisement

उपमहानगरपालिकाले उनको विकास योजनाको मागलाई सम्बोधन गर्ने सहमति भएपछि उनि आज बिहीवारदेखि काममा फर्किएका हुन् । गएकाे पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com