काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ।

उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा तदारूकता देखाएर अनुसन्धान अगाडी बढाइरहेका ज्ञवालीले दाेस्राे चरणकाे अनुसन्धान सुरू गरेका थिए। यस प्रकरणका थप पीडितहरूकाे उजुरी लिएर अनुसन्धान गर्न थालेपछि ज्ञवालीकाे सरूवा गराउनका राजनितिक वृतबाटै चलखेल सुरू भएकाे थियाे। उनकाे सरूवा गराउन प्रधानमन्त्री दाहाललाइ दबाब दिइएकाे बुझिएकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।

advertisement

त्यस्तै मानवस्रोतका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। टेकप्रसाद राइलाई मानवस्रोत विभागमा ल्याइएको छ। राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई असन्तुष्टि जनाएपनि सरकारको तजविजीमा उनको गुनासो सुनवाइ भएन। त्यस्तै एआईजी मिरा चौधरीलाई प्रशासनमा सरुवा गरिएको छ।

प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com