काठमाडौं । अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरेको खबर सार्वजनिक भएसँगै यसलाई आम मानिसहरुले विभिन्न कोणबाट हेरिरहेका छन् ।

कतिपयले समीक्षाले गल्ती गरेको भन्दै चर्को आलोचना पनि गरिरहेका छन् । विशेषगरि, समीक्षाले आफ्नी दिदीलाई अष्ट्रेलियामा नै छाडेर अर्को एक जना व्यक्तिलाई फेरि अष्ट्रेलियामा केयर टेकरको रुपमा लैजान लागेकाले भिसा रद्द भएको खबर सार्वजनिक भएको थियो ।

advertisement

तर, गायिका अधिकारीले भने आफूले अहिले कोही पनि व्यक्तिलाई केयर टेकरको रुपमा लैजान नलागेको बताएकी छिन्।

उनले भनिन्–‘१८ बर्ष भन्दा तलको व्यक्तिले केयर टेकरको रुपमा कसैलाई लैजान मिल्छ । मैले, गतबर्ष फागू पूर्णिमाको कार्यक्रममा दिदीलाई केयर टेकरको रुपमा लगेकी थिएँ । तर, दिदीले अष्ट्रेलिया मन पर्यो भनेपछि उहाँको विद्यार्थी भिसामा आवेदन दिएका थियौं । अष्ट्रेलिया सरकारले विद्यार्थी भिसा स्विकृत गरेपछि दिदी अष्ट्रेलिया बस्न थाल्नु भएको हो।

अष्ट्रेलियाको सरकारले नै दिदीलाई बस्न अनुमति दिएकाले मैले छाडेर आएको कुरा नै हुँदैन ।’ उनले यसपटक, आफूले कसैलाई पनि केयर टेकरको रुपमा लैजान नखोजेको बताएकी छिन् । उनले भनिन्–‘मैले प्रगती गरेको देखेर, मेरो काम देखेर फेरि पनि मलाई फसाउन खोजेका छन् । तर, अब म कानुनी रुपमा अगाडि बढ्दैछौं । म साइबर ब्यूरोमा उजुरी दिने तयारीमा छु ।’

समीक्षाका अनुसार, यसपटक गायक पशुपति शर्माको मात्र भिसा आवेदन गरेको भन्दै आफूले कसैलाई पनि लैजान नखोजेको बताइन् । -मेरोफिल्म

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com