काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन् । एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् ।

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उननलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे । पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ ? उनको विरूद्ध आन्दोलन गर्ने आँट छ ? सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’

advertisement

सबै जनता मिलेमा मात्र एमसीसी खारेज गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com