काठमाडौं । पिकलबल एशोसियसन नेपालको आयोजनामा भाद्र ३० र ३१ गते काठमाडौंको बौद्धस्थित स्नोल्याण स्पोर्ट्स एकेडेमीमा नेपाल-सिक्किम फ्राईण्ड्सिप पिकलबल टुर्नामेन्ट आयोजना हुने भएको छ।
पिकलबल एशोसियसन नेपालले दिएको जानकारी अनुसार पिकलबल खेल खेल्नका लागि सिक्किमबाट ३० जना खेलाडीको टोलि काठमाडौं आउन लागेका छन्।
पिकलबल एशोसियसन नेपालले आफ्नो खेलाडीको खेलको स्तर उन्नतिका लागि सिक्किमसँग मैत्रीपुर्ण खेलको आयोजना गरेको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताए। अध्यक्ष भण्डारीले आफ्ना खेलाडीको खेलको स्तर उन्नतिका लागि विभिन्न देशका क्लबहरुसँग फ्रेण्डसिप टुर्नामेन्टको आयोजना निरन्तर गर्ने बताए।
विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।
विभिन्न शैक्षिक संस्था तथा स्थानीय क्लबहरुको सहकार्यमा पिकलबल एशोसिएसन नेपालले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गर्दै आइरहेको छ।
प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार
प्रतिक्रिया