काठमाडौं । नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्टका लागी लाइन्स क्लब अफ काठमाडौं लाफिङ बुद्द, काठमाडौं ट्री सिटि र काठमाडौं टोखा सिटि को जोइन्ट ‘इन्डक्सन एण्ड इन्स्टलेसन’ कार्यक्रमको अबसरमा लाफिङ बुद्दका सचिव कैलास न्यौपानेको समन्वयमा कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रीक गभर्नर लायन चन्द्र कुमार केसि तथा संस्थाका संस्थापक अध्यक्ष गणेश शर्मा, लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धका अध्यक्ष सरीता कुमारी चापागाईंद्वारा पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारी तथा महासचिव जनक फडेरालाई संयुक्त रुपमा खेलसामाग्री हस्तान्तरण गरेका छन्।
पिकलबल एशोसियसन नेपालको आयोजनामा भाद्र ३० र ३१ गते काठमाडौंको बौद्धस्थित स्नोल्याण स्पोर्ट्स एकेडेमीमा हुन लागेको नेपाल-सिक्किम फ्रेन्डसिप पिकलबल टुर्नामेन्टका लागि खेलकुद सामग्री बितरण गरेको हो।
विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।
विभिन्न शैक्षिक संस्था तथा स्थानीय क्लबहरुको सहकार्यमा पिकलबल एशोसिएसन नेपालले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गर्दै आइरहेको छ।
प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार
प्रतिक्रिया