काठमाडौं । पाकिस्तानविरुद्ध अन्तिम बलमा दुई रन लिन सफल भएपछि श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गए राति साविक विजेता श्रीलंकाले डकवर्थ लुईस पद्दतिअनुसार पाकिस्तानविरुद्ध २ विकेटकाे राेमाञ्चक जित निकाल्दै फाइनलमा पुगेकाे हाे।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्‍यो । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई आठ रन चाहिएको थियो । पाकिस्तानका जमान खानले अन्तिम ओभरका सुरुवाती चार बलमा दुई रन मात्रै दिएका थिए ।

त्यसपछिका दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । श्रीलंकाका चरिथ असलंकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याए।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।अब श्रीलंकाले आइतबार भारतसॅंग उपाधिका लागि खेल्ने छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com