काठमाडौं । इन्द्रजात्रामा काठमाडौं महानगरपालिका–२४ न्यूरोड क्षेत्रमा एक युवकको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा काठमाडौं–१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ खड्की, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी–५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन्।

advertisement

उनीहरुले सोमबार राति सवा १० बजेतिर हनुमानढोका परिसर अगाडि ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भइ अहिले काठमाडौंकै क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
कार्कीको उपचारको क्रममा मनोमहन कार्डियो अस्पताल, महाराजग‌जमा मृत्यू भएको थियो। घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोमबार नै मखनबाट, मल्ललाई क्षेत्रपाटी र ठकुरीलाई ललितपुर–१६ बाट पक्राउ गरिएको थियो। ठकुरीको साथमा हत्यामा प्रयोग भएको चक्कुसमेत बरामद गरिएको छ।

पक्राउ परेकाहरुमध्ये जिल्ला अदालत काठमाडौंबाट सन्देश र सोनियाको हकमा १५ गतेदेखि लागू हुनेगरी पहिलोपटक ६ दिनको, भूमि मल्ल र अरबिन ठकुरीको हकमा मंगलबारदेखि लागू हुनेगरी पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com