काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले विकेटले हराएको छ ।
अहमदाबादमा टस जितेर पहिले फिल्डिङ गरेको भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो ।
१९२ रनको लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा ३ जम्मा तीन विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले ८६ रनको पारि खेले । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै श्रेयस अय्यरले नट आउट ५२ रन बनाए । विराट कोहली र शुभमन गिल १६ १६ रनमा आउट भए । केएल राहुलले १९ रन बनाए ।
पाकिस्तनका लागि शाहीन शाह अफ्रिदीले २ विकेट लिए । यस्तै हसन अलिले १ विकेट लिए ।
यसअघि पाकिस्तानका लागि बाबर आजमले ५० रन र मोहमद रिजवानले ४९ रन बनाएका थिए ।
इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए ।
हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर स्कोर बनाउन सकेनन् ।
भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।
प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार
प्रतिक्रिया