काठमाडौं । एसीसी पुरुष यू–१९ प्रमियर कप क्रिकेटमा नेपालले बहराइविरुद्ध अहिले बलिङ गरिरहेको छ। बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ थालेको हो।
नेपालले बहराइनविरुद्ध कसिलो बलिङ गरेको छ। ११ ओभर सकिँदा बहराइनले मात्र १८ रन बनाएर ४ विकेट गुमाएको छ।
नेपालका लागि दिपेश कँडेल र दुर्गेश गुप्ताले समान २–२ विकेट लिएका छन्। ११ ओभर सकिँदासम्म बहराइनका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेका छैनन्।
नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको सानदार जित हात पारेको थियो।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन्। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। शीर्ष ३ टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन्।
नेपाल समूह ‘ए’मा रहेको छ। समूह ‘ए’मा नेपालसहित बहराइन, साउदी अरेबिया र इरान छन्। यस्तै समूह ‘बी’मा युएई, ओमान, कतार र चीन छन्।
समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह ‘डी’ हङकङ, मलेसिया, जापान र इन्डोनएसिया छन्।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन्। एसिया कप यू१९ विश्वकप अघिको तयारी हो। विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ। नेपालले पनि उक्त विश्वकप खेल्नेछ। विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन्।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार
प्रतिक्रिया