काठमाडौँ । टिकटक ब्याण्ड गर्ने सरकारी निर्णयविरुद्ध आधा दर्जन बढीले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छन् ।
सरकारको काम संविधानले दिएको अधिकार विपरित भएको र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको लगायतका कारण उल्लेख गरी विभिन्न संचारकर्मी, टिकटकरको समुह, र कानुन व्यवसायीहरुले रिट हाल्ने तयारी गरेका हुन् ।
यसघि सरकारले पबजी ब्याण्ड गर्दा पनि पनि सर्वोच्चमा रिट परेको थियो । रिटपरेपछि अदालतले पबजी ब्याण्ड नगर्न सरकारका नाममा आदेश दिएको थियो । यसपाली पनि यस्तै हुने कानुन व्यवसायीहरुको तर्क छ ।
तिहारको विदाका कारण अहिले अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट लिएको छैन । तिहारको विदा सकिएसँगै विभिन्न कानुन व्यवसायीहरुले यो रिट हाल्ने तयारी गरेका छन्।
प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार
प्रतिक्रिया