काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेता कुट्ने चलन कसले चलायो भन्दै प्रश्न गरेका छन्। ‘अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको छ। यसरी नेता कुट्ने चलन कसले चलायो?,’ युवा संगठन काभ्रेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने।

नेता कुट्ने चलन राम्रो होइन भन्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्ने बताए।

advertisement

उनले भने, ‘नेता देख्यो कि झम्टिहाल्ने स्थित कसरी बन्यो? यस्तो विकृतिको अन्त्य हुनुपर्छ।’ जनतालाई नेताप्रति विश्वास जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com