काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको एक अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेसँगै एमाले नेता गोकुल बास्कोटाले पनि टिप्पणी गरेका छन् ।

advertisement

उनले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउँला त ? भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राखेका छन् ।

उनले भनेका छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब रु उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदी) करिब ९८% रहेछ।

यस्तै बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको पनि बताएका छन् ।

धर्म व्यक्तिगत स्वतन्त्रता भएपनि संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको बास्कोटाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com