काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै सनातन धर्म संस्कृतिसम्बन्धी सङ्गठनहरूले पशुपति क्षेत्रमा बिहीबार आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच केहिबेर झडप समेत भएको थियो। मन्त्री किराँतीले एक कार्यक्रममा बुधबार दिएको अभिव्यक्तिको विरोध गर्दै बिहीबार यसबिरुद्ध आन्दोलन भएको हो।

मन्त्रीले सामाजिक सद्भाव बिथोलेको आरोप आन्दोलनकारीहरुले लगाएका छन्। मन्त्री किराँतीले बुधबार क्रिस्चियन धर्मलाई स्वीकार नगर्ने जेल जान योग्य रहेको अभिव्यक्ति दिएका थिए।

advertisement

मन्त्री किराँतीले बुधबार नै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन मगरलाई नियुक्त गरेका थिए। यसको पनि आलोचना भइरहेको छ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com