काठमाडौं– काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो। पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन।
बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ। बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए।
प्रकाशित मिति: ११ पुस २०८०, बुधबार
प्रतिक्रिया