काठमाडौँ । चार हजार घुससहित अमिन पक्राउ परेका छन् ।
जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले अमिन ढकाललाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस-रिसवत लिइसकेको अवस्थामा रकमसहित कार्यकक्षबाटै आज पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।
प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार
प्रतिक्रिया