काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको फोटो राख्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केन्द्रले महत्त्व दिएको दिनमा मात्रै पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो ठास्ने भन्दै भोली यलम्बरको फोटो राख्ने बताएका हुन् ।
उनले लेखेका छन् : ‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु १ जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनस् उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’
प्रकाशित मिति: ११ पुस २०८०, बुधबार
प्रतिक्रिया