काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनाबाट निस्किएपछि पहिलोपटक पार्टीको बैठकमा सहभागी भएका छन्। बिहीबारबाट सुरु भएको कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनी शुक्रबार गएका हुन्। बिहीबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए।

advertisement

यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने या नगर्नेबारे बहससमेत भएको थियो। कांग्रेस संस्थापन पक्षले अडानले उनको निलम्बन रोकिएको थियो।

त्यस्तै, बैठकमा कांग्रेसका संस्थापनइतर समूहका नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला भने गएका छैनन्। उनी पूर्वी नेपाल पाँचथर लगायतका जिल्लामा हुने पार्टीका विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा व्‍यस्त छन्।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com