काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

ललितपुर प्रहरी श्रोतका अनुसार बालकुमारीमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

advertisement

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो।

किस्टमा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको हो। भक्तपुरमा बस्दै आएका उनी आन्दोलनका क्रममा घाइते भएका थिए।

त्यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पाटन अस्पतालमा ज्यान गएको छ।

गोली लागेपछि गम्भीर घाइते उनलाई उपचारका लागि पाटन अस्पताल पुर‍्याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com