काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।
गौशाला २६ नामकी नाबालिग किशोरीलाई काठमाडौँको होटलमा लगेर बलात्कार गरेको अभियोगबाट लामिछानेलाई लागेको थियो।
यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।
प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार
प्रतिक्रिया