पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् ।
मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।
रानाभाटले रवि लामिछानेलाई खोया प्रहार गरेको पुष्टि नभएको भन्दै उनलाई रिहा गरिएको हो।
प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार
प्रतिक्रिया