काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा हुने आरती तथा दीप प्रज्वलनको भिडिओमा डिजिटल कपिराइट लगाउने भन्दै प्रकाशित सूचनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोषले आफ्नो स्वीकृति बिनै बुढासुब्बा डिजिटलले सूचना निकालेको जनाएकाे हाे ।
कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले हस्ताक्षर गरेको विज्ञप्तिमा बुढासुब्बाले सहमतिबिना लोगो र नाम राखिएकाे तथा स्वीकृतिबिना सूचना निकालिएको उल्लेख छ ।
प्रकाशित मिति: २१ पुस २०८०, शनिबार
प्रतिक्रिया