काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २२ जना घाइते भएका मध्ये दुई जनाको भालुबाङ अस्पतालमा र अन्यको बुटवल र नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com