काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पद बहाली गरेका छन् ।
माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका सहसचिव परियारले बुधवारदेखि काम सुरु गरेका हुन् ।
मेयर बालेन साहकै रोजाईमा सहसचिव परियार महानगरको प्रशासनिक कमाण्ड सम्हाल्न पुगेका हुन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।
प्रकाशित मिति: १० माघ २०८०, बुधबार
प्रतिक्रिया