काठमाडौं । राजा ज्ञानेन्द्र शाह झन्डै एक महिना लामो तराईका केही जिल्लाको भ्रमणसकेपछि बिहीबार काठमाडौं फर्केका छन् ।
उनी पत्नी कोमलसहित स्थलमार्ग हुँदै काठमाडौं आएका हुन् । शाह दम्पती कान्ति राजपथ राजमार्ग हुँदै काठमाडौं फर्कने क्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको घर पुगे ।
शाहलाई टीकाभैरव लेलेस्थित निवासमा विष्टले चियापान गराएका थिए । कान्ति राजपथ महेन्द्र शाहको पालामा निर्माण सुरु भएको हो।
उक्त मार्गबाट महेन्द्र आफैँले गाडी हाँकेर हेटौंडा गएका थिए । संयोग अहिले उनका आफ्नै छोरा ज्ञानेन्द्र शाह आफैँले गाडी चलाएर हेटौंडा हुँदै काठमाडौं आएका छन् ।
प्रकाशित मिति: २० माघ २०८०, शनिबार
प्रतिक्रिया